बिषादी प्रयोग गर्नु पूर्व प्राविधिकको अनिवार्य सल्लाह लिनु होस् ।
तालिम प्राप्त र ईजाजतपत्र प्राप्त विषादी खुद्रा बिक्रेताहरूबाट मात्र विषादी खरिद गर्नुहोस् ।
विषादी खरिद गर्दा पंजिकृत, सुरक्षित र प्रभावकारी विषादी छान्नुहोस् ।
पंजिकरण नभएकार प्रतिबन्धित विषादी बारे जानकारी राख्नुहोस र त्यस्ता विषादी खरिद नगर्नुहोस ।
विषादीको सुरक्षित तरिकाले भण्डारण गर्नु होस र बालबच्चहरूको पहुँच देखि टाढा राख्नुहोस् ।
सही विषादी, सही मात्रामा, सही समयमा र सही तरिकाले प्रयोग गर्नुहोस् ।
विषादी चलाउँदा सुरक्षात्मक पहिरनको अनिवार्य प्रयोग गर्नुहोस् ।
विषादी प्रयोग गरिसके पछि पर्खनु पर्ने समय व्यतित नभएसम्म बाली टिपेर खाने र बेच्ने नगर्नुहोस ।
भण्डारणमा लाग्ने रोग कीरा नियन्त्रणका लागि सकभर स्थानीय प्रविधि अवलम्वन गर्नुहोस् । रासायनिक
विषादी प्रयोग गर्नु परे मा सुरखित विषादी सावधानीपुर्वक गर्नु होस्र उपभोग गर्नु पुर्व प्रतिक्षा अवधिको अनिवार्य ख्याल गर्नुहोस् ।
विषादीका खाली भाँडाहरू (डिब्बा, प्याकेट) सुरक्षित तरिकाले नष्ट गर्नुहोस, जथाभावी नफालौं ।